१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाइरहेका छन् : श्रममन्त्री भण्डारी


572
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सूचनाको अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले दुःख पाएको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले श्रम सञ्चार भन्ने पोर्टललाई प्रविधिहरूलाई बढाएर लैजाने बताउनुभयो । उहाँले प्रत्येक पालिकादेखि नियोगसम्म सूचना नेटवर्क बनाउन खोजिरहेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले श्रम सञ्चारलाई नागरिक एपसँग समेत जोडिएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका हरेक जानकारीहरूलाई नागरिकको हातमा पुग्नुपर्ने उद्देश्यसहित आफूहरूले काम गरेको बताउनुभयो । उहाँले सूचनाकै अभावले वैदेशिक रोजगारीको क्रममा नेपालीहरू ठगिने गरेको बताउँदै सूचना प्रणालीलाई प्रयोग गरेर अहिलेको प्रविधिलाई बलियो बनाउने बताउनुभयो ।

श्रममन्त्री भण्डारीले जुन सुकै देशमा भए पनि नेपाली नागरिकले आफू नेपाली भएको अनुभूति गर्नुपर्ने र आफूहरूले त्यसो दायित्व बोक्नुपर्ने समेत बताउनुभयो ।