
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताउनुभयो । अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने बताउनुभयो । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले बजेट प्रश्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्