
काठमाडौं । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ ।
विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय तहमा स्वीस सरकारले पुल र सडकको डिजाइनसहित आवश्यक प्राविधिक सहयोग गर्दै आएको थियो । उक्त सहयोग अब नेपाल सरकारलाई नै सक्षम बनाएर नेपाल सरकारबाटै उक्त काम गराउने उद्देश्यअनुसार हस्तान्तरण गर्न लागिएको हो ।
आजबाट स्वीस सरकारले नेपालको स्थानीय तहमा गर्दै आएको पूर्वाधार विकासको क्षेत्रको सहयोगको स्मरणमा गरेका कामहरुको दृश्यहरु समेत प्रदर्शनमा राखिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँले नेपालको पूर्वाधार विकास क्षेज्ञमा स्वीस सरकारले धेरै सहयोग गर्दै आएको बताउनुभयो । स्थानीय स्तरमा रहेका सडक र पुलहरुलाई कसरी डिजाइन गर्ने भनेर यसमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । दुई दिने सम्मेलनबाट सहयोग नेपाल सरकारलाई नै निर्माणको लागि सक्षम बनाइ समापन गर्न लागिएको जानकारी दिनुभयो ।
बुधबारबाट एसडिसीको योजनाको फेज आउट हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्