
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी महिला एसियन कपमा अहिले नै छनोट हुन्छौं भन्ने नसकिने बताएका छन् ।
आगामी जुन २९ देखि जुलाई ५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एशियन क्वालिफायर्स हुँदैछ । सोही छनोटमा खेल्ने जाने आयोजना भएको बिदाइको अवसरमा प्रशिक्षक प्याट्रिकले समूहमा आफूभन्दा बलियो टोली रहेको र त्यससँगै आफ्नो धरातल पनि हेर्नेुपर्ने उल्लेख गर्दै अहिले नै छनोट हुन्छौं भनेर दाबी गर्न नसक्ने बताएका छन् । छनोट होस् भन्ने आफ्नो पनि सपना रहेको र त्यहाँको वातावरणका साथै बलियो प्रतिद्वन्दी रहेकाले अहिले नै यसै हुन्छ भन्न नसकिने उनको बुझाइ छ । यद्यपि आफू सकरात्मक नतिजाको आशामा पनि रहेको उनी बताउँछन् ।
समूह हेर्दा केही सम्भावना पनि देखिए पनि सहज नरहेको उनको भनाइ छ । जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन् । तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन् । यस छनोटमा सहभागी ३४ राष्ट्रलाई कुल आठ समूह विभाजन गरिएको छ । हरेक समूहको विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपमा स्थान बनाउनेछन् । नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा पाँच पल्ट एशियन कप खेलिसकेको उज्वेकिस्तानजस्तो बलियो टोली छ । यो टोली फिफा वरीयतामा ५५औं स्थानमा छ भने नेपाल १०० औं स्थानको टोली हो ।
आँकडा र उसको फुटबल धरातलमा उज्बेकिस्तान बलियो रहेकाले पनि यो छनोट जितेर एशिया कप खेल्छौं भन्ने नसकिने प्रशिक्षक प्याट्रिकले बताए । यद्यपि उनले आफ्नो लामो समय देखिएको प्रशिक्षण करियरअनुसार हेर्दा नेपाली महिला टोली साँच्चै नै बलियो रहेको उल्लेख गरेका छन् । साथै उनले हरेक एक एक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । प्याट्रिक डे वाइल्डले आफू र आफ्नो टोलीलाई पनि जित्ने इच्छा रहेको बताए । उनले अन्तिमसम्म लडेर भए पनि जित्ने कोशिस गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
तर, छनोट हुन्छौं भनेर खेलाडीमा दबाब बनाउन नहुने उनको भनाइ छ । यो सफलता प्राप्त गर्न लामो समयदेखिको तयारी आवश्यक पर्ने उनी बताउँछन् । उनले पूर्ण टिमसहित आफूले तीन हप्ता प्रशिक्षण गरेको पनि उल्लेख गरेका छन् । यस समूहमा नेपाल र उज्बकिस्तानसहित लाओस र श्रीलंका छन् । नेपालले जुन २९ मा पहिलो खेल लाओससँग खेल्नेछ । दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा समूहचरणको अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्ने तालिका छ ।
नेपाली टोलीकीका कप्तान अञ्जिला तुम्बापो सुब्बाले नयाँ प्रशिक्षकको आगामनपछि धेरै पक्षमा सुधार आएको आशा व्यक्त गरेकी छन् । अबको चार वर्षपछि के हुन्छ भन्ने नसकिने अहिलेका लागि यो अवसर खेर फाल्न नहुने उनी बताउँछिन् । साबित्रा भण्डारीमाथि सबैको भरोसा रहेको र उनी स्टार खेलाडी रहेको उल्लेख गर्दै कप्तान अञ्जिलाले जित निकाल्न एक टिम भएर खेल्दा मात्र सम्भव हुने बताएकी छन् ।
फरर्वाड सावित्रा भण्डारीले यो छनोटका लागि आफूहरू सकारात्मक रहेको र यो विश्वकपजस्तै रहेको पनि बताइन् । यो छनोटलाई लिएर सबै उत्साहित रहे पनि रहेको उनको भनाइ छ । महिला खेलाडीका लागि आवश्यक पर्ने प्रोत्साहन प्रशिक्षकबाट पाइरहेको र अहिले टोलीमा रहेका हरेक खेलाडी महत्वपूर्ण रहने गरी तयारी भइरहेको उनी बताउँछिन् । उनले एशियन कप क्वालिफायर आफ्नो र धेरै खेलाडीका लागि पहिलो अवसर रहेको बताइन् । उज्वेकिस्तानसँग आफ्नो टोलीले अहिलेसम्म जित्न नसकेको र श्रीलंकालाई यसअघि आठ पल्ट हराए पनि हरेकपल्ट उसले दुःख दिने गरेको उनी बताउँछन् ।
नेपाली टोलीको तीन गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ तथा डिफेन्डरमा गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैशी छन् । टोलीको मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल तथा फरवार्डमा साबित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् । नेपाली टोली आज राती नै त्यसतर्पm प्रस्थान गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्