९ असार २०८२, सोमबार | Tue Jun 24 2025


आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेन : महत


481
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताउनुभएको छ ।

सोमबार संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री महतले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गर्नुभयो । उहाँले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका पूर्वअर्थमन्त्री महतले कुन–कुन कारणले बजेट राख्न सकिएन रु भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताउनुभयो । उहाँले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गर्नुभयो । उहाँले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री महतले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताउनुभयो ।