
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताउनुभएको छ ।
अर्थ समितिको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक शाही सचिवहरुले मुलुकलाई गे्र लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताउनुभएको भन्दै झुटो कुरा नगर्न सचेत गराउनुभयो । समितिमा सोमबार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।
जसबारे बोल्दै उहाँले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गर्नुभयो ।
प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्