७ असार २०८२, शनिबार | Sat Jun 21 2025


जसपा बैठक : निर्वाचन आयोगमा चलिरहेको विवादबारे छलफल


598
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शनिवारदेखि सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शनिबार सुरु भएको बैठक आईतवारसम्म चल्ने पार्टी प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिनुभयो । उहाँले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको जानकारी दिनुभयो ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराउनुभएको बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । सर्वोच्चमा पुगेको विवाद र अन्य पार्टीसँगको समन्वयमा सामान्य चर्चा गर्नुभएको प्रवक्ता सुमनले बताउनुभयो । साथै प्रदेश अधिवेशनका लागि निर्देशिका निकालिएको र निर्देशिकाअनुसार भाद्र मसान्तसम्ममा अधिवेशन सकिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष यादवले बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक गतिविधसँगै अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे सामान्य चर्चा गर्नुभएको बताउनुभयो ।