७ असार २०८२, शनिबार | Sat Jun 21 2025


ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई


1.365k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताउनुभयो । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गर्नुभयो । नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको जिकिर गर्नुभयो । नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको बताउनुभयो । संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने बताउनुभयो ।

अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताउनुभयो ।