६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद् : बर्तौला


2.431k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो । संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो ।

प्रमुख सचेतक बर्तौलाले अध्यागमन प्रणाली र भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दाबी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गर्नुभयो । संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा भएपनि उनीहरुसँग हुने समझदारी मुख्य विषय हुने भन्दै रास्वपा संसदीय प्रणालीमा आएपनि पद्धति र संस्कारमा अभ्यस्त हुन नसकेको बर्तौलाको आरोप थियो ।

प्रमुख सचेतक बर्तौलाले रास्वपाले उठाएको मुद्दा सुन्छ कि सुन्दैन भनिरहनुभन्दा सरकारले सुन्नेमात्र हैन कार्यान्वयन गर्नसमेत तयार रहेको दाबी गर्नुभयो ।