५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


उपसभामुखको पत्र र भिजिट भिसा प्रकरण एउटै होइन : मनिष झा


1.469k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिसा प्रकरण एकै नभएको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराउनुभयो । उहाँले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली कांग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाउनुभयो । सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानविनमा सघाउन तयार भएपनि भिजिट भिसा प्रकरणमा कांग्रेसले त्यसो गर्नसमेत नचाहेको उहाँको दाबी छ ।

उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भएपनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरेको सांसद झाले स्मरण गराउनुभयो ।