५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छ : सांसद गिरी


3.341k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गिरीले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनुभयो । सरकारले अति गरेको खण्डमा कांग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिनुभयो । यस्तै भइरहे सरकारको बारेमा सोच्न नेतृत्वलाई घच्घच्याउने बताउनुभयो ।

सांसद गिरीले कतिपय कुरा लोकतान्त्रिक पार्टीले सहनुपर्छ भनेर मात्रै सहेको बताउँदै अब धेरै सहन नसक्ने जिकिर गर्नुभयो । सभामुख पनि राम्रो ढंगले चल्नुपर्ने बताउनुभयो ।