५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


सांसद अधिकारीको प्रतिक्रिया – सरकारले कानून बनाउने भए संसद किन चाहियो ?


1.534k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले संसदीय समितिबाट पारित भएको संघीय निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पारित हुनुपर्ने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद अधिकारीले यस्तो बताउनुभएको हो ।

सरकारले संघीय निजामति ऐन संसदको कार्यसूचिमा चढाएपनि अघि बढेन । बिहीबारको प्रतिनिधि सभा बैठकको कार्यसूचिमै नराखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहितका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । संघीय निजामति ऐन संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा रोक्न नहुने सांसद अधिकारीले बताउनुभयो । सरकारले नै कानून बनाउने हो भने किन संसदीय समिति चाहियो रु भन्दै प्रश्न गर्नुभयो ।

सांसद अधिकारीले संसदले गर्ने निर्णय सबैले मान्नुपर्ने बताउनुभयो ।