५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍यो : सांसद शर्मा


299
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरित नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाउनुभएको हो । उहाँले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले वोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रश्तुत भएको दाबी गर्नुभयो ।

सांसद शर्माले चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिनुभएको टिप्पणी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको बताउँदै समितिबाट आएका विधेयकहरु संसदमै रोकिनु निर्माण भइसक्नुपर्ने कानून नबन्दा समस्या उत्पन्न भइरहेको दाबी गर्नुभयो ।

सांसद शर्माले स्थानीय तहलाई जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपर्नेमा संघले त्यो पनि कटौती गरेको आरोप लगाउनुभयो । उहाँले नेपाली विशेषता खोजेर देशको अर्थतन्त्रको निर्माण गर्नुपर्ने भएपनि बजेट केबल परम्पराको निरन्तरताको रुपमा मात्र काम गरेको टिप्पणी गर्नुभयो ।