
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएको छ ।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक परियारले उहाँले भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभयो । उहाँले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गर्नुभयो । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताउनुभयो ।
प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्