१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छ : महासचिव भुसाल


1.144k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्नेगरेको बताउनुभएको छ ।

शनिबार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाउनुभयो । उहाँले नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानूनहरु बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गर्नुभयो ।

महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रुपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाउनुभयो । बाहिरबाट सामान आयात गरेर बढीभन्दा बढी नाफा कमाउनकै लागि दलाल पुँजीवादीहरुले उद्योग खोल्ने बातावरण नबनाइदिएको उहाँको भनाई थियो ।

महासचिव भुसालले नेपालका उद्योगहरु सञ्चालन हुन नदिनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरुलाई समेत प्रलोभनमा पार्ने गरेको दावी गर्नुभयो ।