३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा छैनौं : उपसभापति वाग्ले


1.404k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी भिजिट भिसा प्रकरणका सम्बन्धमा सरकारसँग उधारो सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सरकार र माओवादी केन्द्रबीच भएको सहमतिमा अनुसन्धानको समयसीमा र कार्यादेश (टिओआर) समेत नभएको कारण आफूहरु सहभागि नभएको बताउनुभयो । उहाँले सरकारको नियत ठिक नभएकै कारण रास्वपाको पाँच बुँदे प्रश्तावमाथि छलफल नगरेको समेत आरोप लगाउनुभयो ।

उपसभापति वाग्लेले भिजिट भिसा प्रकरणको समस्या समाधान गर्नको लागि संसदीय छानविन आयोेग वा न्यायिक आयोग गठन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै संघर्ष नछाड्ने जिकिर गर्नुभयो ।

सरकार भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करीको समस्या समाधान गर्न गम्भिर नदेखिएका कारण आफूहरुले आन्दोलन कायमै राखेको उपसभापति वाग्लेको भनाइ छ ।