
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा ९माओवादी केन्द्र० बीच समझदारी भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको बताउनुभयो । उहाँले बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष लिङ्देनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्