२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा


2.08k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरु कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताउनुभएको हो । उहाँले संख्या तोकेरै तालिम दिइयो भने पनि सिष्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरुलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरु कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने मुख्यमन्त्री लामाको भनाइ थियो । मुख्यमन्त्री लामाले सिष्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभएपनि तालिम लिएकाहरु पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री लामाले राज्य र सरकारलाई जानकारी हुनेगरी व्यक्तिगत डाटा सिष्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दावी गर्नुभयो ।