२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


भिजिट भिसा प्रकरणको छानविन गर्न सरकार तयार नभएसम्म संसद खुल्दैन : माओवादी केन्द्र


1.079k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानविन गर्न सरकार तयार नभएसम्म संसद नखुल्ने टिप्पणी गर्नुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरुको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानविनका लागि सरकार तयार हुनुपर्ने बताउनुभयो । अख्तियारले केही कर्मचारीमाथि छानविन गरिरहेको भएपनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानविन हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् ।