२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियो : सांसद शर्मा


286
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्नेमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित क्षेत्र निरुत्साहित भएको बताउनुभयो । बजेटमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई ओझेलमा पारिएको समेत टिप्पणी गर्नुभयो ।

अगामी आर्थिक वर्षको बजेट भाषणमा राम्रो भएपनि वितरण पक्षपाती रहेको शर्माको टिप्पणी छ ।