२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’


1.638k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहो¥याउनुभएको हो ।

भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने समेत सांसद बिष्टको माग छ ।