२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


चित्रकलाले संस्कृति र इतिहासलाई जीवन्त बनाउँछ : प्रधानमन्त्री ओली


351
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकलाले नेपालको संस्कृति र इतिहासलाई जीवन्त बनाउने बताउनुभएको छ ।

अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनीको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले शर्माको चित्रकलाले नेपाली समाज, संस्कृति र इतिहासको महत्वपूर्ण पक्ष उजागर गरेको उल्लेख गर्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । सिर्जनाहरूले देशको सांस्कृतिक सम्पदाप्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

८८ वर्षीय शर्माको पाँचौँ एकल प्रदर्शनी यही जेठ ९ गतेदेखि आर्ट काउन्सिल नेपालमा भइरहेको छ । चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् ।