२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँ : शंकर पोखरेल


195
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न नसकेको बताउनुभएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रुपमा प्रभाकारी बनाउन नसकिएको बताउनुभयो । उहाँले विश्वविद्यालयबाट गरिएका अध्ययनहरु व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गर्नुभयो । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताउनुभयो । विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरुमा सार्थक परिणाम दिन नसकेको गुनासो गर्नुभयो ।

महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताउनुभयो ।