
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरु कायम रहेको बताउनुभएको छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसदको कारबाही अगाडि बढ्न नदिने बताउनुभयो । उहाँले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भएपनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्