२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँ : सांसद शाही


3.029k
Shares

काठमाडौं । नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिनुभएको छ ।

मंगलबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताउनुभएको हो । उहाँले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिनुभयो । गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उहाँले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताउनुभयो । संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको बताउनुभयो ।

सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरु ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको बताउनुभयो । समानुपातिक सांसदहरु अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उहाँको प्रश्न छ ।