२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


हाम्रो समस्या नै लोकप्रियतावाद भयो : पूर्वअर्थमन्त्री महत


260
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालको समस्या नै लोकप्रियतावाद भएको बताउनुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले लोकप्रिय हुने प्रबल चाहनाले भविष्यमा अत्यन्तै अलोकप्रिय स्थितिमा पु¥याउने बताउनुभयो ।

पूर्वअर्थमन्त्री महतले आफूहरू अहिले अलोकप्रिय भएपनि दीर्घकालीन परिणामले लोकप्रिय बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले साढे ४ हजार बढी आयोजनाहरू कटौती गर्ने भनेपछि त्यो पर्याप्त नभएको टिप्पणी गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटले केही कोशिस गरे पनि जति आयोजना कटौती हुनुपर्ने हो, त्यति नभएको जिकिर गर्नुभयो ।

पूर्वअर्थमन्त्री महतले आफू अर्थमन्त्री भएको बेलामा तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारबाट नराख्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि बनाएको बताउँदै कार्यविधि लागू गर्ने समयमा सरकारबाट बाहिरिनुपरेको धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री महतले उपभोक्ता समितिको नाममा अहिले दश÷पन्ध्र लाखका आयोजनाहरू लिएर हजारौँको सङ्ख्यामा प्रदेश राजधानीमा पुगिरहेको बताउँदै ती कुनै योजना परिणाम नदिने बताउनुभयो ।