Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नुहुँदैन : बर्तौला


2k
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताउनुभएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडि बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख सचेतक बर्तौलाले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गर्नुभयो । उहाँले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जिकिर गर्नुभयो ।

प्रमुख सचेतक बर्तौलाले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडि बढाउन आग्रह गर्नुभयो ।