
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिनुभएको हो । उहाँले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो । कुतर्कहरुको दरिलो गरी खण्डन गर्न आग्रह गर्नुभयो । पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ ।
अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोलने गरी तयार गर्न निर्देशन दिनुभयो । छरपस्ट भएर नबोल्न सचेत गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्