१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


बजेट उत्ताउलो र गैरजिम्मेवार छैन : स्वर्णिम वाग्ले


18.655k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिनुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस भएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता भएको भएको समेत बताउनुभयो । उहाँले अगामी आर्थिक वर्ष समेत बजेट भाषणको बेला ठुलो आकारमा बजेट फुक्ने र मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुने चिन्ता रहेको समेत उपसभापति वाग्लेको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले आज १९ खर्ब ६४ अबको बजेट जुन पेश गरेको छ त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने टिप्पणी हाम्रो छ । पछिल्लो समय राष्ट्रिय योजना आयोगले हाम्रो अर्थतन्त्रको आकार ६१ खर्बको जुन इकोनोमी प्रोजेक्ट गरेको छ । त्यसलाई ५ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको मुद्रास्फिती जोडेर साढे ११ प्रतिशतको वद्धि गर्ने हो भने यो बजेटको समापन हुँदासम्म ६७ खर्बको नेपाल सरकारको अर्थतन्त्र हुन्छ । त्यसैले अर्थमन्त्रीज्युले जुन पेस गर्नुभएको बजेटलाई हामीले धेरै गैरजिम्मेवार मानेका छैनौँ । यद्यपी भूकम्पपछि उकालो उकालो लागेर ठूलो आकारमा बजेट फुक्ने अनि मागमा गएर सुकाउने पुरानो रोगको शिकार हुन्छ कि भन्ने चिन्ता चाँही हामीलाई छ ।’

सरकारले ल्याएको बजेट उत्ताउलो नभएपनि १६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नरहेको उपसभापति वाग्लेको टिप्पणी छ ।