१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको रकम वृद्धि


5.07k
Shares

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको रकम वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिवा खाजा कार्यक्रमको लागि १० अर्ब १९ करोड विनियोजन गरेको बताउनुभयो । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा गर्नुभयो ।

अर्थमन्त्री पौडेलले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइ १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो । यसबाट १३ लाख छात्रा लाभान्वित हुने बताउनुभयो ।