२ असार २०८२, सोमबार | Mon Jun 16 2025


खानीजन्य वस्तुको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न विज्ञहरुको सहभगितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने


442
Shares

काठमाडौं । सरकारले भौगर्भिक अध्ययन भइ पहिचान गरिएका पेट्रोलियम, तामा, फलाम, म्याग्नेसियम, फस्फोराइट, किमतिपत्र लगायतका खानीजन्य वस्तुको इन्मेन्टी तयार गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलकाअनुसार दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी नमूना परीक्षण प्रतिवेदनका आधारमा व्यवसायिक उत्पादन शुरु गरिनेछ । पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय जगतबाट सक्षम अनुसन्धानकर्ता छनौट गरी रियल अर्थ मेडल्सको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा खानीजन्य वस्तुको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न माइनिङ क्षेत्रका विज्ञहरुको सहभगितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताउनुभयो ।