
काठमाडौं । सरकारले आगामी बर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताउनुभयो ।
अर्थमन्त्री पौडेलकाअनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । उहाँकाअनुसार निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने बताउनुभयो । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको बताउनुभयो । पौडेलले आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा गर्नुभयो ।
अर्थमन्त्री पौडेलले थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्