३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन


1.482k
Shares

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाअनुसार कृषि तथा पशुपंक्षी बीमा कार्यक्रममा साना तथा मmभौला किसानको पहुँच विस्तार गरिनेछ । बाली तथा पशु बीमाको प्रिमियममा दिइने अनुदानका लागि दुई अर्ब ३० करोड विनियोजन गरेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानर्ला नियमित सूचना उपलब्ध गराउन किसान एपको विकास र एसएमएस सेवालाई व्यवस्थित गर्ने बताउनुभयो ।