२ असार २०८२, सोमबार | Mon Jun 16 2025


दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती कार्यक्रम सञ्चालन


494
Shares

काठमाडौं । दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा रहेको बताउनुभयो । चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवद्र्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ ।