
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले नवप्रवर्तन र उद्यमशिता प्रवद्र्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताउनुभयो । सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकपिल्पत रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले प्रश्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्