
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहँँले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउनुभयो । समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताउनुभयो ।
कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको बताउनुभयो । पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रुपान्तरण र विकास गर्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्