१३ जेष्ठ २०८२, मंगलबार | Wed May 28 2025


‘पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामा’


325
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले हिमालहरूको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री पाण्डेले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्नुभयो ।