
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पर्यटन क्षेत्र व्यावसाय भएकोले यसलाई व्यवसायीले नै गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा बोल्दै मन्त्री भण्डारीले सरकारले पीपीपी मोडलमा पर्यटन बोर्डमार्फत निजी क्षेत्रलाई चाहिने सेवा सुविधा र पूर्वाधामा गर्नुपर्ने काममा मात्र ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले व्यवसायीको हक हितका आवश्यक योजना बनाइदिने हो । सरकार स्वयंले व्यवसाय र कारोबार गर्ने होइन उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले सडकहरु निर्माणकै क्रममा हुँदा केही असहज भएपनि अब छिट्टै यी समस्याहरु समाधान हुन्छन् भन्ने विश्वास गर्न सकिने बताउनुभयो ।
मन्त्री भण्डारीले सुरक्षा, पूर्वाधार र बजारलाई प्राथमिकतामा राख्दै दुईवटै छिमेकीबाट पर्यटक भित्रने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्