Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : सभापति देउवा


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बतानुभएको छ ।

सोमबार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताउनुभयो । उहाँले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सभापति देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताउनुभयो । नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।