Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक


34.7k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ ।

शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गर्नुभएको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले अहिले आफूहरु संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिष्पर्धी पार्टीहरुबीको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताउनुभयो । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताउनुभयो ।