१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध


1.599k
Shares

काठमाडौं । पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । सडक खुलाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधन ठप्प भएका छन् ।

कोरिडोर भएर बुटवल, भैरहवालगायत ठाउँमा चल्न सवारी साधन ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिएका छन् ।