
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताउनुभयो । उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताउनुभयो । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनुभयो ।
महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्