३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


कांग्रेस संसदीय दल बैठक : समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा जोड


520
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राख्नुभएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो । प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभएको छ ।

बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने काँग्रेस सांसदहरुको भनाइ छ ।

संसदीय दलको बैठकमा ठूलो दलको हिसावले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।