
काठमाडौं । युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्वाकांक्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रश्तुत गरेको बताउनुभएको छ ।
काठमाडौंमा जारी सगरमाथा संवादका क्रममा भिडियो सन्देश दिँदै उपाध्यक्ष स्टेनरले अहिले विश्वको प्रमुख समस्या बनिरहेको जलवायु परिवर्तनको पहलमार्फत युएनडिपी विश्वभरका एक सय ४० देशसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाउँदा गर्वको अनुभुति गरिरहेको बताउनुभएको हो ।
युएनडिपी उपाध्यक्षले सगरमाथा संवादलाई सम्बोधन गर्न पाउनु नै आफ्ना लागि विशेष सम्मान भएको बताउनुभयो । सगरमाथा संवाद संसारको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित भएको उल्लेख गर्नुभएको छ । एभरेष्टका नामबाट विश्वमा परिचित सगरमाथा दृढताको एक प्रकाशस्तम्भ तथा मानव संघर्षको प्रतिकको रुपमा उभिएको उपाध्यक्ष स्टेनरले बताउनुभयो । नेपाल र हिमालहरु जलवायु संकटको अग्रपंक्तिमा रहेको पनि बताउनुभयो ।
युएनडिपी उपाध्यक्षले युएनडीपी विश्वभरका १ सय ४० भन्दा बढी देशहरुसहित नेपाललाई समेत दिगो र समावेशी भविष्यतर्फ लैजाने रुपान्तरणात्मक जलवायु कार्यमा समर्थन गर्न पाएकोमा गर्वको अनुभुति भएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्