
काठमाडौं । नेता झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताउनुभयो । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उहाँको भनाइ छ ।
नेता खनालले आजका अवस्थामा आफूहरुको निशाना को हो रु कसका विरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा रु भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । साना-साना राजनीतिक दलहरु खोलेर सानो-सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताउनुभयो । दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्