२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदरको हातमा नरिवल दिनु जस्तै हो : सञ्चारमन्त्री गुरुङ


1.092k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाइराख्न नसकिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले आफू विगतमा पर्यटनमन्त्री हुँदाको जस्तै समस्या अहिले पनि यथावत रहेको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमलाई सधैँ पैसा दिएर चलाउँदा उन्नति हुन्छ भन्नु बाँदको हातमा नरिवल दिनु जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले स्टाटेजक पार्टनर खोजेर पब्लिक प्राइभेट प्रोग्राममा जान जरुरी रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले धर्मपुत्र पालेको जस्तो पालिराख्नु नहुने उहाँको भनाइ छ ।