Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


सिटिइभिटिलाई अनेरास्ववियूले गरायो ध्यानाकर्षण


195
Shares

काठमाडौं । अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियूले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगी ज्ञापनपत्र बुझाएको हो ।

यसै शैक्षिकसत्रदेखि सिटिइभिटीद्धारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने भनी गरिएको मिति २०८२ वैशाख २६ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)को २०७औं बैठकले गरेको निर्णय विरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसरी विना प्रवेश परिक्षा जिपिएको भरमा मात्र विद्यार्थी भर्ना लिदा सामुदायिक विद्यालयबाट पास भई आयको विद्यार्थीहरु मारमा पर्ने, जिपिए सामुदायिकका भन्दा प्राइभेटबाट आयका विद्यार्थीहरुको बढि हुने र सिटिइभिटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरुले धेरै पाउने भएको हुँदा हरेक विद्यार्थीहरुलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने र परिषद्को निर्णयबाट गरिएको प्रवेश परीक्षा लिनुनपर्ने भनी गरिएको निर्णय तत्काल खारेज गरिनुपर्ने यदि त्यसो नगरे अनेरास्ववियू जुनसुकै हदमा जानसक्ने चेतावनी सहित केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ रअनेरास्ववियूका नेतृत्वले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।