३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण


286
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सांसद सापकोटाले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताउनुभयो । उहाँले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताउनुभयो ।

सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनुभयो ।