३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता आएन : सांसद शर्मा


182
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आशा र अपेक्षाअनुसार सिद्धान्त र प्राथमिकता नआएको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद शर्माले देशको समस्यालाई ठिक ढङ्गले पहिचान गरेर सिद्धान्त र प्राथमिकता नल्याइएको बताउँदै यो सही नभएको र जनताका आवश्यकता पूरा गर्न नसक्ने जिकिर गर्नुभयो ।

सांसद शर्माले सिद्धान्त र प्राथमिकतामा आएको विषयहरू पनि कार्यान्वयन हुनेमा ढुक्क र विश्वस्त हुने अवस्था नरहेको धारणा राख्नुभयो । उहाँले कार्यान्वयनको हिसावले हेर्दा प्राथमिकताहरूले देशको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्नुभयो ।

सांसद शर्माले सरकार मुलुकमा देखिएका वर्तमान समस्या समाधान गर्नेतर्फ गम्भीर नरहेको आरोप लगाउनुभयो ।