
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बरबादी भएको बताउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताउनुभयो । हाँले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताउनुभयो ।
सांसद शर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आस र अपेक्षालाई पूरा गर्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्